newskoseli.Com

विस्फोटमा परी १४ को मृत्यु, २२ घाइते

फाइल तस्बिर

अफगानिस्तानमा भएका पछिल्ला हिंसात्मक घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार २२ जना सर्वसाधारण नागरिक घाइते भएका छन् ।

अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यो विवरण पछिल्लो २४ घन्टामा भएका विस्फोटका घटनाहरूको हो । कान्दहर प्रान्तअन्तर्गत पर्ने स्पिन बोल्डक जिल्लामा एउटा मोटरसाइकलमा विस्फोट गराइएको थियो । विस्फोटको सो घटना बुधबार मध्याह्नमा भएको प्रान्तीय प्रहरीका प्रवक्ता जमाल बारिक्जाईले जानकारी दिएका छन् ।

सरकारविरोधी लडाकुहरुले एउटा मोटरसाइकलमा विस्फोटक पदार्थ जडान गराएको उनले दाबी गरे । स्थानीय समयअनुसार दिउँसो १ः११ बजे एउटा होटलको अगाडि विस्फोट भएको स्थानीय वासिन्दाले बताएका छन् । विस्फोटनमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी, जावज्जान प्रान्तको मड्र्यान जिल्लामा मङ्गलबार राति अर्को कार बम विस्फोटन भएको थियो । सो विस्फोटनमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १० जना लडाकु रहेका छन् । सो घटनामा १२ जना घाइते भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल वाहिद वाज्डानले बुधबार जानकारी दिएका छन् ।

प्राप्त समाचारमा दिइएको जानकारी अनुसार दक्षिणी जाबुल प्रान्तको मिजान जिल्लामा पनि अर्को विस्फोटको घटना भएको छ । मङ्गलबार राति भएको सो घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर