बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुईदिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्रका अधिकारीले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ मा नेपालको भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र ऊर्जा सहकार्यमा केन्द्रित हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा द्विपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए ।
भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुने खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।