newskoseli.Com

‘गरिमा’ का नाममा नक्कली धानको बिउ : ९ जिल्लामा १५ करोडको क्षति

छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तिमा ९ जिल्लाका किसान ठगिएका छन् । ‘गरिमा’ जातको नाममा दिइएको बिउ जात नखुलेको अर्कै परेको छ । यही कारण धान नफल्दा १५ करोड रूपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

बाला नै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । उनीहरूले हाइब्रिड जातको ‘गरिमा’ धानको बिउ रोपेका थिए । तर, बिउ हाइब्रिड जातको गरिमा नभएको अध्ययन समितिले फेला पारेको छ ।

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा ‘गरिमा एफ वान हाइब्रिड’ भनेर सूचीकृत भए पनि किसानले लगाएको बिउ जातै नखुलेको भएको फेला परेको हो । ‘गरिमा’ भनेर बिउ प्रयोग गरेका किसानको खेतमा बाली नलाग्दा सरकारले अध्ययन गर्न लगाएको खबर राजेश बर्माको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर