newskoseli.Com

७ वटा सुरुङमार्ग बनाइँदै : यसै वर्ष डीपीआर सकी काम अगाडि बढाइने

देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा सरकार जुटेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र लगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार लागिरहेको छ ।

चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम भैरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको खबर टेनिस रोकाको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर