newskoseli.Com

नेकपामा फेरि ‘नोट अफ डिसेन्ट’ : प्रदेश प्रमुख सिफारिसमा ‘एकलौटी गर्दा’ विवाद

प्रदेश प्रमुख नियुक्तिको सिफारिसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो ।

नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षी मात्र राखेको भन्दै नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन् । प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टीको सचिवालय बैठकमा उनले असहमतिको बुँदा (नोट अफ डिसेन्ट) लेखेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार र तीन जनाको भागबन्डा गरेपछि रुष्ट नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए । त्यसपछि सहमतिमा नाम टुंगो लगाउन अरु नेताले प्रस्ताव गरे पनि अध्यक्षद्वयबीचको भागबन्डाअनुसार नै बैठकले निर्णय गरेपछि नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

निर्वाचन हारेकालाई प्रदेश प्रमुख बनाउँदा गलत नजिर बस्ने भन्दै विधि र प्रक्रियालाई ध्यान दिनु पर्नेमा नेपालले जोड दिएका थिए । ‘स्थानीय तहको निर्वाचन हारेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउँदा त्यसले गलत नजिर बस्छ बरु पार्टीभित्र र बाहिरकालाई समेत मिलाएर प्रदेश प्रमुख बनाउँदा त्यसले राम्रो सन्देश दिन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘उहाँका कुराको सुनुवाइ नभएपछि नोट अफ डिसेन्ट राख्नुभएको छ ।’

सत्तासीन पार्टीमा फेरि बल्झिएको विवादसम्बन्धी यो खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर