newskoseli.Com

महरा भेट्न कारागार पुगे प्रमुख सचेतक गुरुङ : के–के भए कुराकानी ?

महरा र गुरूङकाे फाइल तस्बिर

बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले भेटेका छन् । संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालतको आदेशमा डिल्लीबजार कारागार चलान गरिएका महरालाई भेट्न गुरुङ बिहीबार बिहान ८ बजे कारागार पुगेका थिए ।

महरासँग गुरुङले करिव ४५ मिनेट कुराकानी गरेको स्रोतले बतायो । महरा र गुरुङ सशस्त्र जनयुद्धदेखिकै सहयात्री हुन् । टाटेपाटे स्वीटर र पाइन्टमा रहेका महराले आफूमाथिको आरोपमा सत्यता नभएको भन्दै दुःखेसो पोखेका थिए । ‘दुवै जनाबीच केही बेर हेराहेर भयो,’ स्रोतले भन्यो– ‘त्यसपछि पौने घन्टाजति उहाँहरुबीच छुट्टै कुराकानी भयो ।’

महरा डिल्लीबजार कारागारको ‘क ब्लक’ मा छन् । महरा कारागार चलान भएपछि उनलाई भेट्न पुगेका गुरुङ नै नेकपाका पहिलो नेता हुन् । आफूले महरालाई भेटेको पुष्टि गर्दै कानुनी परामर्शबारे महरासँग छलफल भएको गुरुङले बताए । ‘भेटका क्रममा उहाँले आगामी अदालती र कानुनी प्रक्रियाबारे कुरा गर्नुभयो,’ गुरुङले भने– ‘अहिलेको प्रक्रियाअनुसार नै आरोपविरुद्ध अघि बढ्ने र अदालतको फैसला कस्तो आउँछ, त्यसैअनुसार अघि बढ्नेबारे राय लिनुभयो ।’

अहिले नितान्त भिन्न अवस्थामा रहेका पूर्वसहकर्मीहरुबीचको एउटा अप्ठ्याराे भेटवार्तासम्बन्धी यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर