प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हुने झिनामसिना र उपलब्धिहीन कार्यक्रम छाडेर मुख्य–मुख्य काममा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । क्रमशः स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले बालुवाटारमा नै रहेर आफ्नो सक्रियता तथा निगरानी बढाएका हुन् ।
उदघाटन, गोष्ठी तथा सेमिनारमा जान छाडेर उनी मुलुकका लागि आवश्यक पर्ने नीतिगत तथा प्रशासनिक काममा सक्रिय भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बाहिरी कार्यक्रममा जान छाड्दा ओलीलाई पार्टी तथा सरकार सञ्चालनका गतिविधिमा सक्रिय रहन सहज भएको छ ।
चिकित्सकले प्रधानमन्त्री ओलीलाई केही समय बाहिरी काममा नजान सुझाएका छन् । बाहिरी काममा नजाँदा ओलीलाई मुलुकका निम्ति सोच्ने र गर्ने समय झनै थपिएको बताइएको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।