newskoseli.Com

इमरान खानलाई मोदीले किन दिए धन्यवाद ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिन सहयोग गरेकामा मोदीले खानलाई धन्यवाद दिएका हुन् ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने– ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर