newskoseli.Com

कोकाकोला विश्वभरमै प्लास्टिक प्रदूषणको पहिलो कारक, दोस्रोमा नेस्ट्ले

प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । ६ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो ।

उसको अध्ययनमा गतवर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो । विश्व वातावरणीय सरसफाइमा योगदान दिने र मुख्य प्रदूषक पहिचान गर्ने उद्देश्यले चालिएको सो ब्रेक फ्रि फ्रम प्लास्टिक अभियानमा यस वर्ष ७२ हजार ५ सय ४१ स्वयंसेवक परिचालन गरिएका थिए । यसका लागि ८ सय ४८ सफाइ अभियान सञ्चालन गरिएका थिए । प्रतिवेदनअनुसार ४ लाख ७६ हजार ४ सय २३ टुक्रा प्लास्टिक फोहोर सङ्कलन गरिएकामा कोकाकोलाका मात्रै ११ हजार ७ सय ३२ टुक्रा थिए ।

अध्ययन गरिएका ५१ देशमध्ये कोकाकोला ३७ देशमा मुख्य प्रदूषकका रूपमा देखिएको छ । दोस्रो स्थानमा नेस्ट्ले ब्रान्ड रहेको छ । यसको फोहरको उपस्थिति ३१ देशमा देखिएको छ । अध्ययनका क्रममा नेस्ट्लेका ४ हजार ८ सय ४६ टुक्रा भेटिएका छन् । प्रदूषकको तेस्रो स्थानमा रहेको पेप्सीको ब्रान्डका प्लास्टिक फोहोर २८ देशमा फेला परेका छन् । चौथो र पाँचौं स्थानमा क्रमशः मोन्डेलिज इन्टरनेसनल र युनिलिभर रहेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर