कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भारतीय सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।
भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव नेकपाका नेता–कार्यकर्ता समेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका सो पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।