newskoseli.Com

लौ हेर्नोस् नेपालको खास नक्सा ! यस्ताे छ सुगाैली सन्धिकाे बुँदा– ५

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन निर्देशन दिएको छ । कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

तर, सरकारले त्यो सार्वजनिक नगरी थन्क्याएको छ । नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्गकिलोमिटर छ । लिम्पियाधुरामा तीन वटा गाउँ छन्– कुटी, नावी र गुन्जी; जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन् ।

काली नदीको मुहान लिम्पियाधुरा हो, त्यहाँ नेपाल र भारतको सीमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ । पार्वती कुण्डको माथि छोटा कैलाश छ । पार्वती कुण्डमा कालीको पानी मिसिन्छ । त्यहीं काली मन्दिर पनि छ । काली नदीलाई स्थानीयमा कुटीयाङ्दी भनिन्छ, त्यहाँ सौका समुदायको बसोवास छ ।

सुगौली सन्धिअघि नेपालको सीमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो । सुगौली सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ । सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ ।

सुगौली सन्धिको बुँदा– ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका वासिन्दासित मौसुफबाट कहिल्यै कुनै चासो राखिबक्सने छैन’– उल्लेख रहेको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर