newskoseli.Com

आत्मघाती कारबम विस्फोट : ७ को मृत्यु, ७ सख्त घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।

यस विस्फोटमा सात जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्विटरमार्फत जानकारी दिएका छन् । शक्तिशाली विस्फोटनका कारण नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा समेत क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जिपलाई लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन् । बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरेको छ । सो आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर