newskoseli.Com

‘अब मिर्गौला फेर्नोस्’ : प्रधानमन्त्री ओलीलाई चिकित्सकको सुझाव

फाइल तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस या पुनः प्रत्यारोपण गर्न सुझाएका थिए । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताएको खबर अर्जुन अधिकारीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर