newskoseli.Com

उपचुनाव अपडेट : यसरी बढ्दैछ राजनीतिक तापक्रम

मौसमी तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको रापताप भने निरन्तर बढ्दै गैरहेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार–प्रसारले राजनीतिक तापमान बढाउँदै लगेको हो ।

प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ मा उम्मेदवारी दर्ता भई राजनीतिक दलहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । स्थानीय तहका लागि कात्तिक २७ मा उम्मेदवारी दर्ता भई मङ्सिर १ मा उम्मेदवारले चुनाव चिह्न पाएपछि उम्मेदवारको औपचारिक प्रचार अभियान सुरु हुने भए पनि प्रचारप्रसारका चङ्गाले भने यसअघि नै उचाइ लिँदैछ ।

उपनिर्वाचनलाई मूल रूपमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउँदा यो चुनावले आवश्यकताभन्दा बढी चर्चा पाउन थालेको छ । उपनिर्वाचनमा मतदाताले सामूहिक निर्णयको परिणाम दिने र सरकार तथा प्रतिपक्षी एवं अन्य दलको लोकप्रियता कस्तो छ भन्ने प्रियता मतदानमार्फत परीक्षण हुने पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख एक, अध्यक्ष ३, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती अधिकांश स्थानमा यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार १४ स्थानमा विजयी भएकामा अहिले रिक्त हुन पुगेकाले उपचुनाव हुन गैरहेको खबर नारद गौतमको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर