newskoseli.Com

सलाम नगर्ने ३० सहित २७०० सैनिकमाथि कारबाही

सैनिक मुख्यालयले विगत ६ वर्षमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ (हाल) सम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।

सैनिक मुख्यालयका अनुसार आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलाम नगर्ने ३० जनामाथि समेत गत वैशाखदेखि हालसम्मको अवधिमा कारबाही भएको खबर महेश्वर गौतमको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर