सत्ताधारी नेकपाका शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठन गर्ने आन्तरिक गृहकार्यमा जुुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे सोमबार साँझ पनि छलफल गरे ।
आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेताहरुसँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।