कर्तव्य ज्यान मद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै रौतहट स्थानान्तरणका लागि आलमले कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।
गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेर कारागार प्रशासनलाई मागपत्र बुझाएका छन् । मागपत्रमा रौतहटका प्रहरीप्रति तुच्छ टिप्पणी गर्दै आलमले ‘उनीहरुलाई राम्रो नहुने’ धम्की दिएको खबर मातृका दाहालको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।