newskoseli.Com

कांग्रेसका गुट ३ बाट ५, देउवालाई भने झन् अझै ‘लाभ’ !

१३औं महाधिवेशबाट देखापरेका नेपाली कांग्रेसभित्रका तीन गुट १४औं महाधिवेशनको तयारी भइरहँदा अझ बढेर ५ पुग्ने क्रममा छन् ।

१३औं महाधिवेशनबाट कांग्रेस सभापति निर्वाचित भएका शेरबहादुर देउवा र सोही महाधिवेशनमा सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाका आ–आफ्नै गुट सक्रिय रहिरहेकै बेला पछिल्लो समय पुरानो संस्थापन भनेर चिनिएको ‘कोइराला’ परिवारको अर्को गुट समेत सक्रिय भएको छ । यसैगरी, तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा बिलय भई उपसभापति बनेका विजयकुमार गच्छदारको समेत अलग्गै गुट बन्ने क्रममा छ ।

हाल संस्थापन समूहबाट सभापति देउवासहितको टिम आगामी महाधिवेशनका लागि बलियो बन्ने गरी अघि बढिरहेको छ भने वरिष्ठ नेता पौडेलले नेतृत्व गरिरहेको समूहभित्रबाट अर्को समूह निर्माण हुँदै आगामी महाधिवेशनका लागि रणनीति बनाउन लागेको छ । सो समूहबाट गत महाधिवेशनमा निर्वाचित भएका महामन्त्री डा. शशांक कोइराला र अर्का नेता डा. शेखर कोइरालासहितको नेतृत्वमा कांग्रेसभित्र अर्को गुट उदाउने क्रममा देखिएको छ । यो समूहले आफू निकट मानिएका नेतालाई बोलाएर बेला–बेला छुट्टै बैठक समेत गर्दै आइरहेको छ ।

यसैगरी, १३औं महाधिवेशनपछि वैचारिक समूहका रूपमा उदाएको सिटौला समूह समेत आगामी महाधिवेशनलाई लक्षित गरेर देशैभर आफ्नो गतिविधि बढाउने क्रममा छ । यस्तै, कांग्रेससँग पार्टी एकता गराएर उपसभापति बनेका गच्छदार समेत आफ्नो गुटको ‘हैसियत’ देखाउन अहिले कुनै पनि गतिविधिमा आफूलाई सक्रिय देखाइरहेका छैनन् । आगामी महाधिवेशनका सन्दर्भमा उनले आफूलाई कता उभ्याउँछन् भन्नेबारे अहिले कुनै संकेत नदेखाएको खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर