newskoseli.Com

पार्टी र नेताहरूबाटै संरक्षित चर्चित ‘डन’ हरू

विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’ का रूपमा चिनिएका व्यक्तिहरू अझै पनि राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको ‘इन्काउन्टर’ अपरेसनपछि पछिल्लो समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् ।

सोही आडमा उनीहरूले आफूलाई ‘डन’ का रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर ‘नेता’ हुँदै सांसदसम्म बनिसकेका छन्, केहीले भने ‘डन’ बाट पलायन भएर आ–आफ्नै व्यवसाय समेत सञ्चालनगर्दै आइरहेका छन् ।

धेरैजसो गुन्डा नाइके वा ‘डन’ हरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता समेत रहेका डीआईजी विश्वराज पोखरेलले भने ‘डन’ हरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताएको खबर महेश्वर गौतमको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर