newskoseli.Com

एकाबिहानै भयानक बस दुर्घटना : १२ को मृत्यु, १० घाइते, ६ काे अवस्था गम्भीर

तस्बिरः सामाजिक सञ्जालबाट

भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा १ बालक र ५ महिलासहित १२ को मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको लातुर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको बताइएको छ ।

बस चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो । दुर्घटना नागौर जिल्लाको कुचामन सहर नजिकै भएको हो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाइते छ जनालाई सो राज्यको राजधानी जयपुरको सुपर स्पेसलिटी अस्पताल लगिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर