newskoseli.Com

विप्लव नेकपा छैटौं वर्षमा : सकिँदै कि अझ झांगिदै ?

नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, यो व्यवस्था पनि वैज्ञानिक र जनपक्षीय नभएको भन्दै यसका विरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ । त्यो हो– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ।

गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लव नेतृत्वको नेकपाले अहिले भूमिगत शैलीमा पार्टी गतिविधि अघि बढाएको छ । ८ मंसिर नेकपा ‘विप्लव’ को पार्टी पुनर्गठन दिवस हो । ०७१ मा तत्कालीन मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीसँग सम्बन्ध–विच्छेद गर्दै विप्लवको नेतृत्वमा यो पार्टी जन्मिएको थियो ।

सुरुमा नेकपा (माओवादी) का नाममा गतिविधि अगाडि बढाएको सो पार्टीले ०७३ फागुनको महाधिवेशनपछि भने नेकपाका नाममा क्रियाकलाप गर्न थालेको हो । उसले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने कार्यनीतिका रुपमा ‘एकीकृत जनक्रान्ति’ अघि सारेको छ । तर, एकीकृत जनक्रान्तिको राजनीतिक कार्यक्रम र फौजी कार्यदिशा कस्तो हुन्छ ? विप्लवले यसबारे अझै सविस्तार बताएका छैनन् ।

सरकारले फागुन २८ यता विप्लव नेतृत्वको पार्टीमाथि ‘प्रतिबन्ध’ लगाउँदै तिनका नेता–कार्यकर्तामाथि व्यापक धरपकडको नीति लिएको खबर रामकृष्ण अधिकारीको को बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

विप्लव नेतृत्वको पार्टीको शक्ति क्रमशः क्षय हुँदै गैरहेको दावी सरकारले गरेको छ भने स्वतन्त्र विश्लेषकहरु दिन दुगुना, रात चौगुनाका दरले अझ बढी शक्ति आर्जन गर्दै अघि बढेको बताइरहेका छन् ।

थप यो पनि पढ्नुहोस्–
क्रान्तिकारीहरूविरुद्ध ‘युनिफाइड मिसन’ : सरकार नै द्वन्द्व, हिंसा र रक्तपाततर्फ उद्यत् !

विप्लव के चाहन्छन्, के गर्दैछन् ? हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर