newskoseli.Com

‘३ तहका सरकार हुँदैनन्, स्थानीय तह सरकार होइन’ : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले स्थानीय तहहरु प्रदेश मातहतका निकाय मात्रै भएको, ‘छुट्टै सरकार’ नभएकाे दाबी गरेका छन् । स्वास्थ्यबाट जिम्मेवारी हेरफेर भएर कानुन मन्त्रालयका आएका मन्त्री यादवले साेमबार कार्यभार सम्हाल्दै स्थानीय तह छुट्टै सरकार नभई प्रदेश सरकार मातहतका अंग मात्र भएको बताएका हुन् ।

संघीयताको अभ्यास भएका विश्वका कुनै पनि मुलुकमा तीन तहको सरकार नहुने भन्दै स्थानीय तहलाई छुट्टै सरकारका रुपमा मान्न नमिल्ने जिकिर उनले गरेका छन् । ‘संविधान लेख्दा स्थानीय तहलाई छुट्टै सरकारका रुपमा अर्थ्याइको छ, जुन गलत हो,’ कर्मचारीलाई निर्देशन दिँदै मन्त्री यादवले भने– ‘मन्त्रालयले अब कानुन बनाउँदा स्थानीय तहलाई प्रदेश मातहतको निकाय मानेर त्यही अनुसार कानुन तर्जुमा गर्नुपर्छ, अहिले प्रदेश र स्थानीय तहलाई छुट्टै सरकारको अस्तित्वमा रहने गरी बनाएका कानुन ठीक भएनन् ।’

राज्यको पुनर्संरचनासम्बन्धी अझै नसकिएको बहसमा उपप्रधानमन्त्रीले नै थप अर्काे बहस सिर्जना गरिदिएको यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर