newskoseli.Com

भारतीय राजपत्रमै पनि लिम्पियाधुरा नेपालको

काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र भारतीय राजपत्रमा नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी ‘अलमोडा गजेट’ मा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने कुरा स्पष्ट उल्लेख छ ।

स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानी छेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ । सुगौली सन्धिमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ ।

राजपत्रमा भनिएको छ– ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो ।’ सन् १८५६ पछिका नक्सामा भारतले काली नदीलाई सारेर लिपुखोलालाई काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ । सिंहदरबारमा बुधबार भएको छलफलमा भारतकै राजपत्रमा काली नदीको शिर लिम्पियाधुरा भन्ने स्पष्ट उल्लेख रहेको सीमा अभियन्ता श्याम श्रेष्ठले बताए ।

तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्न सरकारलाई पाेखरेलले सुझाव दिएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर