newskoseli.Com

उपसभामुखको प्रष्टोक्ति : ‘…नत्र राजीनामा दिन्नँ !’

प्रतिनिधिसभा (संसद) मा रिक्त रहेको सभामुख चयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचन लगत्तै प्रक्रिया अगाडि बढाउने भएको छ ।

नेकपाका नेतृहरुले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने पक्षमा शीर्ष नेताहरूसँग माग गरेका छन् । तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने प्रस्ताव असफल भएसँगै सभामुख बन्ने उनैको सम्भावना बढ्दै गएको नेकपाका एक नेताले बताए । मंसिर अन्तिममा संसद बैठक सञ्चालन गर्ने तयारी भएको उपसभामुख तुम्बाहाम्फेले बताएकी छन् ।

यसैबीच, उपसभामुख तुम्बाहाम्फेले आफू नै सभामुख बन्नुपर्ने अडान पुनः दोहोर्‍याएकी छन् । आफू नै सभामुख बन्ने ग्यारेन्टी नेकपाले नगर्दासम्म उपसभामुखबाट आफूले राजीनामा नदिने अडान तुम्बाहाम्फेले लिँदै आएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर