newskoseli.Com

पिउनयोग्य छैन जारको पानी, न्यूनतम मापदण्ड नै पूरा नगरी बजारमा

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । प्रर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ ।

यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनानै पानी बिक्री वितरण गरिरहेको खबर केशवप्रसाद पाण्डेको बाइलाइमा शुक्रबारको राजधानी दैनिकमा प्रकासित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर