newskoseli.Com

प्रचण्डको नेतृत्वमा ६० नेता चीन जाँदै : एकै वर्ष सबै केन्द्रीय सदस्य लगिसक्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सो पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।

मङ्सिर २४ मा त्यता जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । सो टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने, त्यसको टुङ्गो भने लागिनसकेको उनले बताए । पौडेलले भने– ‘टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका नेता पनि हुन सक्छन् ।’

चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको पौडेलले जानकारी दिए । उनले भने– ‘चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो ।’

चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उनले बताएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर