newskoseli.Com

२० वर्षपछि नेपालमा तेस्राे पटक साग, यस्ताे छ उदघाटनकाे तयारी

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालमा भव्य समारोहबीच १३औं सागको उदघाटन गर्ने कार्यक्रम छ ।

प्रथम दक्षिण एसियाली गेम्स १९८४ मा पहिलो पटक काठमाडौंबाट सुरु भएको थियो । त्यसपछि नेपालले १९९९ मा आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । सागको सम्पूर्ण तयारी पूरा भएको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बताएका छन् । उनले भने– ‘रातभरि काम गरेर भए पनि सागका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेका छौं ।’

नेपालले तेस्रो पटक गर्न लागेको साग पहिलेको भन्दा भव्य रूपमा सम्पन्न गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बताएका छन् । ‘उदघाटन समारोह रंगीन हुनेछ, यो १९९९ को भन्दा भव्य हुने छ,’ उनले भने– ‘१३औं सागको सम्पूर्ण तयारी पूरा भएको छ, नेपाल सहभागी देशहरूलाई स्वागत गर्न पाउँदा उत्साहित छ ।’

तेस्रो पटक नेपालमा हुन गैरहेको १३औं सागको उदघाटन तयारीसम्बन्धी अपडेटसहितको यो खबर रामसूदन तिमल्सिनाको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर