प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको वर्तमान अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।
सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी तुम्बाहाङ्फेले प्रतिनिधिसभाले आह्वान गर्ने बैठकदेखि पारित विधेयक प्रमाणीकरण गर्ने विषयमा समेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।
संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचना समेत हुन थालेको खबर सविन शर्माको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।