newskoseli.Com

‘ओभरटेक’ गरेको निहुँमा कुटीकुटी हत्या !

भीमदत्त नगरपालिका– १८, गोबरैया, कञ्चनपुरमा बिहीबार बिहान महाकाली नगरपालिका– ३ का २२ वर्षिय दिपक पन्तको हत्यामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजिना गरेर सार्वजनिक गरेको छ ।

मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा चार जनाले पन्तलाई कुटपिट गरी हत्या गरेका थिए । बिहीबार बिहान पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चार जनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेका हुन् । हत्या आरोपमा भीमदत्त नगरपालिका– ४ का २० वर्षीय मनिष नाथ, वडा नम्बर १५ का २२ वर्षीय गणेश लुहार, सोही ठाउँका २० वर्षीय नवीन सिंह र २२ वर्षीय विनोद बोहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बिहीबार बिहान घरबाट दिपकबाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका– १८ गोबरैयाको सो घटनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिव चार सय मिटरको दुरीमा पर्छ । सडकको दायाँबायाँ वस्ती छ । सडकमा मानिसहरू आवतजावत गरिरहेकै थिए ।

एकाएक मोटरसाइकल र स्कुटीमा सवार ४–५ जना युवाहरुले पन्तलाई रोक्दै ‘ओभरटेक किन गरेको ?’ भन्दै सांघातिक आक्रमण गर्दै कुटपिट गर्न सुरु गरे । तीन जनाले हातले, लात्ताले र हेल्मेटले लगातार प्रहार गरे भने एक जनाले चक्कु प्रहार गरे । चक्कु प्रहारबाट घाइते पन्त छटपटिइरहँदा र व्यस्त सडकमा निर्घात कुटपिट र चक्कु प्रहार हुँदा समेत छुट्याउन कोही पनि नआएको, सबै जना रमिते मात्र बनेको खबर सुरेश पन्तको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर