newskoseli.Com

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउन्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ ।

परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहित भारत र अमेरिका पुगेर एमसीएले उनीहरुलाई जानकारी गराएको हो । अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन डलरको अनुदान सहयोगमा निर्माण हुन लागेको छ ।

नेपालसहित चीन, कोरियालगायतका देशका निर्माण व्यवसायी (बिल्डर्स) हरुलाई नेपालमा कार्यक्रम आयोजना गरी जानकारी गराएको एससीए नेपालले शुक्रबार भारत र आसपासका मुलुकका निर्माण व्यवसायीलाई बोलाएर जानकारी गराएको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर