newskoseli.Com

राजा वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

राजा वीरेन्द्र र तत्कालीन राजपरिवारले प्रयोग गर्दै आएका एक–एक हवाईजहाज र हेलिकप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेको खबर ईश्वरराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर