newskoseli.Com

‘जनताको मन दुखाउँदिन’ : चुनाव जितेपछि विद्याकाे बाचा

प्रतिनिधिसभा सदस्य पदका लागि शनिबार सम्पन्न कास्की– २ को उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेर विजय हासिल गरेकी विद्या भट्टराईले ‘जनताको मन नदुखाउने’ बताएकी छन् ।

‘कास्कीका जनताले दिवंगत रवीन्द्र अधिकारीको निधनपछि जसरी मलाई जनताको सेवा गर्न चयन गरेर पठाउनुभएको छ, सोहीअनुसार जनताको मन नदुखाउने गरी काम गर्छु’– उनले भनेकी छन् ।

लामो समयदेखि प्राध्यापन पेशामा संलग्न भट्टराई तत्कालीन संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनपछि राजनीतिमा पुनः सक्रिय भएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर