newskoseli.Com

आईसीयूभित्रै हिँड्छन्, आईप्याडमै ‘साग’ हेरे : अस्पतालमा ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार क्रमशः आएपछि उनलाई ठोस पदार्थ पनि खुवाउन थालिएको छ । सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन् ।

आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उदघाटन भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उदघाटन समारोहको ‘लाइभ’ प्रधानमन्त्री ओलीले आईप्याडमा हेरे । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आईसीयूमै रहेर साग शुभारम्भको प्रत्यक्ष प्रशारण आईप्याडमा हेर्नुभयो,’ प्रेस सल्लाहकार सूर्य थापाले भने– ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ ।’

गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन् । ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आईसीयूमै सामान्य हिँडडुल गर्न थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर