newskoseli.Com

बहुविवाह गर्ने कर्मचारी सिधै बर्खास्त !

बहुविवाह गर्ने कर्मचारी सिधै बर्खास्त हुने कानुन बनाउन सरकारले तयारी गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने व्यवस्था लागू हुने भएको हो ।

बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार सरकारले फौजदारी संहितामा भएकै जस्तो व्यवस्था निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर