newskoseli.Com

कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव

नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदको लागि ३ प्रस्ताव गरेको छ । निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छन् ।

पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेको हो । निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ । वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नका लागि प्रस्ताव आह्वान गरेको हो ।

वोइङ–७५७ एसीबी विमान करिब १ वर्षदेखि बिक्रीको लागि थन्किएर बसेको खबर दीपेन्द्र थापाको बाइलाइनमा सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर