newskoseli.Com

धरानमा यसरी पल्टियो ‘सत्ता’ !

धरानको नगर प्रमुख पदका लागि मंसिर १४ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै त्यो सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लागि सुखद् देखिएन । नेकपाले वडा नम्बर ७ को अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा २ हजार ७ सय ९५ मतान्तरले ‘विरासत’ गुमायो ।

नेकपाको यो हारसँगै अब धरान ‘लालकिल्ला’ पनि रहेन । यहाँ पञ्चायतकाल र २०४६ को राजनीतिक परिवर्तनपछिका हरेक चुनावमा ‘कम्युनिस्ट’ पक्षधर उम्मेदवारले जित्दै आएका थिए । कांग्रेस पहिलो पटक धरानमा विजयको झन्डा फहराउन सफल भयो । अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा पराजित भएका कांग्रेस उम्मेदवार तिलक राईले दोस्रो पटकमा भने सफलता हात पारे ।

अघिल्लो स्थानीय तह निर्वाचन, २०७४ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । त्यसबेला एमाले एक्लैले मेयर–उपमेयरसहित १४ वटा वडा जितेको थियो भने माओवादी केन्द्रले एउटा वडा जितेको थियो । तर, अघिल्लो चुनावमा बहुमतका साथ जितेर पकड जमाएकै वडाहरुमा यसपालि भने नेकपाको जनमत कमजोर देखिएको खबर रोहित राईको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर