newskoseli.Com

बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिन हिरासत राख्न अनुमति

बलात्कारको आरोप लागेका चतरा, सुनसरीका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पक्राउ गर्न प्रहरी खटिएपछि विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका उनलाई सोमबार बिहान पक्राउ गरी अदालतमा पेस गरिएको थियो । न्यायाधीश धर्मराज पौडेलले गिरीलाई चारदिने अनुसन्धानको म्याद दिएका हुन् ।

बिरामी भएकाले अस्पतालमा पनि जँचाउन र अनुसन्धान पनि गर्न अदालतले आदेश दिएको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले जानकारी दिएको खबर अमर खड्काको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर