newskoseli.Com

तटबन्ध निर्माणमा अवरोध, घटेन भारतीय दादागिरी

पश्चिम नवलपरासीको सुस्तामा तटबन्ध निर्माणमा भारतले अवरोध गरेको छ । भारतीय पक्षको अवरोधपछि नदी किनारमा बनाउनुपर्ने तटबन्ध बाटो र खेत नजिक निर्माण गरिएको हो । अवरोधकै कारण केही क्षेत्रमा अझै तटबन्ध निर्माण हुन सकेको छैन् ।

भारतीय एसएसबीले अवरोध गरेपछि सुस्ताको दक्षिणतर्फको सीमा क्षेत्र नजिकको नेपाली भूभागमा निर्माण गर्नुपर्ने तटबन्ध नबनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । तटबन्ध बनाउन जाँदा भारतीय एसएसबीले अवरोध गर्ने गरेको उनको भनाइ छ । नारायणी नदी किनार हुँदै ५ वर्षअघिबाट सुस्तामा तटबन्ध निर्माण कार्य सुरु भएको थियो । नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्ध सुरु गरिएको हो ।

‘तटबन्ध कार्य नेपालीले भोगचलन गर्दै आएको नदी छेउको ‘धनैया रेता’ भन्ने स्थानबाट गर्नुपर्ने थियो । तर भारतीय एसएसबीले आफ्नो भन्दै बनाउन दिएनन् । त्यसपछि हामीले त्यो स्थानलाई छाडेर बाटो र खेत नजिकैबाट तटबन्ध निर्माण गरेकाहौँ यो खबर हरि शर्माको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर