newskoseli.Com

२ देखि ४ महिनापछि मात्रै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् ।

‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ, संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ, अहिलेकै स्थितिमा जोखिम हुन्छ’– वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले भन्छन् ।

एपेन्डिसाइटिस सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । यसैको प्रभावस्वरुप अबको कम्तिमा २ महिना प्रधानमन्त्रीको मिर्गाैला पुनः प्रत्यारोपण हुन नसक्ने खबर अतुल मिश्रको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर