newskoseli.Com

प्रचण्डले बोलाए सचिवालय बैठक : कार्यकारी पाएपछिको पहिलो अभ्यास !

सत्ताधारी नेकपाले बुधबार केन्द्रीय सचिवालयको बैठक डाकेको छ । कार्यकारी अध्यक्षका रूपमा पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन् । ओलीले सरकार र प्रचण्डले पार्टी हाँक्ने गरी मंसिर ४ मा दुई अध्यक्षबीच सहमति भएको थियो । ‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ,’ महासचिव विष्णु पौडेलले भने– ‘नियमित बैठककै रूपमा बोलाइएको यस बैठकमा समसामयिक विषयमा छलफल हुन्छ ।’

तत्कालीन एमाले–माओवादी केन्द्रबीच ३ जेठ, २०७५ मा पार्टी एकता भएयता प्रचण्डले पार्टीमा आफू पनि अध्यक्ष रहेको महशुस गर्न पाइरहेका थिएनन् । पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्व समेत ओलीले नै गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्यविभाजनका विषयमा चर्कै बहस थियो । तर, पछिल्लो सहमतिले त्यसलाई निकास दिएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर