newskoseli.Com

‘ऐन कार्यान्वयन गर्नै सकिएन’ : गृह मन्त्रालयको लाचारी

सामाजिक व्यवहार सुधार ऐन, २०३३ कार्यान्वयन गर्न नसकिएको गृह मन्त्रालयले स्वीकार गरेको छ । ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे संसदीय समितिमा राय दिँदै गृहले यस्तो स्वीकार गरेको हो ।

विवाह, ब्रतबन्धजस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरे पनि तिनलाई रोक्न नसकिएको भन्दै गृहले लाचारी व्यक्त गरेको छ । राष्ट्रियसभाको विधायन समितिले उक्त ऐन कार्यान्वयनको अवस्थाबारे गृहसँग राय मागेको थियो । गृहले सामाजिक व्यवहार सुधार ऐन, २०३३ को दफा ७, ८, ९ र १० मा रहेको जन्तसम्बन्धी नियन्त्रण, विवाह भोजमा नियन्त्रण, छैठी, न्वारान, जन्मदिवस, पास्नी, बुढो पास्नी, ब्रतबन्धमा रहेको सीमा पाबन्दी कार्यान्वयन नभएको रायमा उल्लेख गरेको छ ।

कतिपयले विवाहमा हेलिकप्टर समेत प्रयोग गरेको गृहले जनाएको छ । तोकिएभन्दा बढी जन्ती जाने, नगद दाइजो बैंकमार्फत डिपोजिट गर्ने काम भए पनि त्यसलाई रोक्न नसकिएको गृहले उल्लेख गरेको छ । ऐन उल्लंघन गर्नेलाई कारबाही नभएकाले कानुन कार्यान्वयनमा चुनौती थपिएको गृहले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लामा तोकिएभन्दा बढी जन्ती जाने–आउने चलन हुँदा पनि ऐन कार्यान्वयमा समस्या भएको गृहको भनाइ रहेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर