newskoseli.Com

मलेसियाले २ महिनामै माग्यो ३१ हजार श्रमिक

वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २ सय १ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो संख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सो अवधिमा माग भएका ३१ हजार २ सय १ श्रमिकमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६ वटा माग आएको छ भने सबैभन्दा कम निर्माण क्षेत्रमा १ हजार ३० वटा माग आएको छ । यस्तै, दूतावासका अनुसार सेवा क्षेत्र (सुरक्षा गार्डसहित) को क्षेत्रमा १० हजार १ सय ८३ वटा माग आएको छ भने कृषितर्फ १ हजार ४ सय ७५ वटा माग आएको छ ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र बमोजिम राजदूतावासबाट सन् २०१९ को अक्टोबर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका माग पत्र अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइरहेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर