newskoseli.Com

विप्लवबाट मन्त्रीहरुलाई सुरक्षा ‘थ्रेट’ ? सरकारी संयन्त्रले पायो यस्तो ‘सुराक’ !

नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा ‘खतरा’ मा परेको समाचार छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने ‘सुराक’ पाएको समाचारमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल विप्लव नेकपाको ‘टार्गेट’ मा परेको ‘सूचना’ सरकारी संयन्त्रले पाएको हो । यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको समेत जानकारी मिलेको छ ।

हमलाका योजनाकारहरु विप्लव नेकपासँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवका नाममा आफ्ना गतिविधि सञ्चाल गरेको पनि हुन सक्ने समेत आशंका गरिएको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर