newskoseli.Com

अध्यक्षलाई आइलाग्यो यस्तोसम्म अप्ठ्यारो !

दिन कस्तो आयो भने, द्वन्द्वकालीन समयका ‘वादी’ र ‘प्रतिवादी’ एउटै मञ्चमा । प्रतिवादी भनिएकाले ‘प्रमुख अतिथि’ बनेर वादी पक्षका आफन्तप्रति ‘सहानुभूति’ प्रकट गर्दै ‘न्यायका लागि लड्छु’ भनिदिनै पर्ने !

सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले यस्तो अप्ठ्यारोमा आफू नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो– उसो भए खुमलटार गएर उनकै घरमा कार्यक्रम गर्छौं । यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिसमै जानु बेस हुने ठानेर प्रचण्ड १५ गते बिहानै सहिद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जलीसभामा पुगे ।

पाख्रिन सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षमा मारिएका थिए । उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन् । पाख्रिनको श्रद्धाञ्जलीका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाउने भनिएका प्रचण्डले चाहिँ ‘चिनियाँ राजदूत भेट्न आउँछिन्’ भन्दै खुमलारबाट निस्कन समय लाग्ने खबर पठाए ।

‘लु साथी हो, हामी पनि खुमलटार जाऔं’ भनेर शान्ति तम्सिएकी थिइन् । तर, यसबीच प्रचण्डलाई खबर पुग्यो र कार्यक्रममा जाने भए । बरु भेटघाटका सबै समय धुम्बाराही पार्टी कार्यालयमा मिलाउने निधो गरेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर