newskoseli.Com

जहाजसँग ठोक्किएर बँदेल मर्‍यो, यात्रुचाहिँ सकुशल

नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट गएर नेपालगञ्जमा ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो ।

जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित साहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको साहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्यान्ड हुँदै थियो, त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रन–वेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोक्किएको थियो ।

नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ । धावनमार्ग छेउमा रहेका झाडीबाट बेला–बेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर