newskoseli.Com

चुनावमा झापड खाएपछि ‘कर’ घटाउन ‘होडबाजी’ !

हालै सम्पन्न उपचुनावमा विजयी भएका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । साढे १२ बजेको ‘साइत’ मा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए । नवनिर्वाचित मेयरको पदभार ग्रहणको विषयले भन्दा पनि ‘कर घटाउने’ विषयले बुधबार बिहानैदेखि धरानबासीमा चर्चा पायो । चुनावअघि कांग्रेस र नेकपा दुवैले कर घटाउने घोषणा गरेका थिए । चुनावमा नेकपा पराजित भएपछि कांग्रेसबाट विजयी मेयर राईले पदभार ग्रहणसँगै कर घटाउनेबारे विशेष निर्णय लिने अनुमान गरिएको थियो ।

मेयर राईले पदभार ग्रहण गर्नुअघि मंगलबार साँझ नै नेकपाले ‘करको दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरु गर्न आफ्नो संसदीय दललाई निर्देशन दिएको’ विज्ञप्ति जारी गर्‍यो । निर्वाचनका बेला जनताका घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करप्रति जनताको व्यापक गुनासा र असन्तुष्टि पाइएको सो विज्ञप्तिमा उल्लेख छ ।

यता, नवनिवर्चित मेयर राईले बुधबार पदभार ग्रहण गरेसँगै ‘राजश्वका दरहरुप्रति जनताको गुनासोलाई सम्बोधन गर्न अध्ययन गरेर सुझाव पेस गर्नका लागि विशेषज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेस गर्ने’ निर्णय गरेका छन् । पाँचौं नगरसभाले पारित गरेर लागू गरेको आर्थिक ऐन, २०७६ का केही राजस्वका दरप्रति अस्पष्टता देखिएको र व्यापक जनगुनासो समेत आएकाले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए ।

कथित तीन तहका सरकारको गठनसँगै जनतामाथि जताततै अत्याचारपूर्ण करआतंक नै मच्चाउन थालिएको र खासगरी साना काम गर्ने तथा साना उद्योग–व्यवसाय गर्नेहरू र सानो आम्दानीका नागरिकमाथि अति चर्को ढंगले शोषण–दोहन मच्चाइरहेको वर्तमान परिवेशमा उपचुनावमार्फत ठूला भनिएका दलहरूमाथि जनताले बजाइदिएको झापडबाट थोरै चेत खुल्ने संकेत देखिएको यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर