newskoseli.Com

प्रदेशको नामकै टुंगो छैन, सवारीका नम्बर प्लेट फेर्न हतार : उपभोक्ता डस्न थरीथरीका हर्कत !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि हेटौंडामा भने– ‘प्रदेश– ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ ।’ यो विषयको टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई उनले निर्देशन पनि दिए ।

यद्यपि, यो निर्देशन कहिलेसम्म कार्यान्वयन होला, भन्न कठिन छ । तर, यातायात व्यवस्था विभागलाई भने सवारी साधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ । विभागले सवारी साधनमा राखिने नम्बर प्लेटको ढाँचा परिवर्तन गर्न प्रदेश– ३ लाई निर्देशन दिएको छ ।

विभागले दुई वर्षअघि डिजिटल नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन दिएको थियो । सोहीअनुसार प्रक्रिया सुरु भएपछि सर्वसाधारणले नकिै नै झन्झट सहनुपर्‍यो । तर, सो प्रक्रिया बीचमै रोकियो । यसैकारण अहिले डिजिटल, इम्बोस्ड र पुरानो तगरी तीनथरी नम्बर प्लेट भएका सवारी साधन सडकमा यत्रतत्र देख्न पाइन्छ ।

नम्बर प्लेटमा एकरूपता ल्याउन निर्देशन जारी गरेको विभागले जनाएको छ । विभागले सोमबार सूचना जारी गरी सवारी साधनको अगाडि, तल–माथि र पछाडि गरी तीन लाइनमा नम्बर प्लेट लेख्न सवारीधनीलाई निर्देशन दिएको थियो । यातायातकर्मी र विज्ञले यसको विरोध गरेका छन् ।

प्रदेशको नामबारे टुंगो नहुँदै नम्बर प्लेटको ढाँचा परिवर्तन गर्दा केही समयपछि प्रदेशका नामकरण हुनासाथ फेरि पनि नम्बर प्लेट परिवर्तन गर्न झन्झट दोहोरिने उनीहरूको भनाइ रहेको खबर शिवहरि घिमिरेको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर