newskoseli.Com

जापान जान खोज्ने श्रमिक : भाषामा १ जना पास, सिप परीक्षामा सबै फेल !

वैदेशिक रोजगारीका लागि ‘आकर्षण गन्तव्य’ भनिएको जापानमा पहिलो चरणमा भने कुनै पनि नेपाली श्रमिक जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको पहिलो चरणको ‘नर्सिङ केयरगिभर’ को सिप परीक्षामा सबै अनुत्तीर्ण भएपछि कोही पनि जान नपाउने भएका हुन् ।

भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’ मार्फत १ हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जनाबाट छनोटमा परी ४ सय ९७ जना परीक्षामा सहभागी भएका थिए, जसमा ५६ जना मात्र उत्तीर्ण भए ।

उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सिप परीक्षणमा १५ जना सहभागी भएका थिए । तर, भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीक्षाम सबै असफल भएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर