newskoseli.Com

मालपोतको हर्कत : एक व्यक्तिको जमिन अर्कैको नाममा !

कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन अर्कैको नाममा पुर्‍याइदिएको छ । भूमिसुधार तथा मालपोत कार्यालयको तलदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्कै व्यक्तिको नाममा देखाइएको हो ।

मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ । भीमदत्त नगरपालिका– ६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाइँको नाममा रहेको देखाएको हो । स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ ।

यो कुरा स्रेस्तासहितको जमिन हुने र मालपोतले कीर्ते कागज बनाइदिएको व्यक्तिलाई समेत थाहा छैन । मालपोतले जमिन कीर्ते गरेको व्यक्ति तुलसी दमाइँलाई समेत अदालतमा मुद्दा परेपछि मात्र यो घटना थाहा भएको खबर मनोज भट्टको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर