newskoseli.Com

एमबीबीएसको प्रश्नपत्र ‘आउट’ गरी क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका ५ जना छोराछोरी र भाइभतिजालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् । प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ ।

परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको खबर भगवती तिमल्सिनाको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर